• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते
  • गृहपृष्ठ
  • कराते
पुलिसलाई पहिलो दिन पाँच स्वर्ण 
खेलपाटी संवाददाता
बिहीबार, माघ १८, २०८० खेलपाटी संवाददाता
पुलिसलाई पहिलो दिन पाँच स्वर्ण 

काठमाडौं । नेपाल पुलिस क्लबले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार प्रतिस्पर्धा भएको ५ स्वर्ण पदक जितेको छ ।

सातदोबाटोस्थित कराते हलमा सुरु भएको प्रतियोगितामा‌ पुलिसले महिला कमुतेको ४५ केजी तथा महिला र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ  ।

४५ केजीमा पुलिसकी वर्षा बुढामगर स्वर्ण पदक जितेकी छिन् । वर्षाले फाइनलमा एपिएफकी दीपा लामालाई‌ ६.२ ले हराइन् । कोशीकी स्मृति चौधरी र मधेश प्रदेशकी प्रोशिया चौधरीले कास्य पदक जिते।

त्यसअघि एकलमा स्वर्ण पदक जितेकी एलिसा रास्कोटी मगरसहित तप्पी थापा मगर, मेघा लिम्बुको टोली‌‌ टिम कातामा पहिलो स्थान हासिल गरेको थियो । तीव्र प्रतिस्पर्धात्मक रहेको फाइनलमा पुलिसले ३८.६ स्कोर गर्यो । रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ सम्मिलित आर्मीले ३६.५ स्कोर गर्दै रजत पदकमा चित्त बुझाउनु पर्यो । बागमती र एपिएफले कास्य पदक प्राप्त गर्यो ।

त्यसअघि पुलिसले पुरुष टिम काता, एकल काता महिला र पुरुष एकल कातामा स्वर्ण पदक जितेको थियो । एकल कातामा स्वर्ण जितेका स्वर्णिम मानन्धरसहित फुर्तेन तामाङ र जगत सिंह धानुकको‌ पुलिस टोलीले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएको हो । पुलिसले ३८.९ स्कोर गर्दा रजत पदक विजेता आर्मीले ३७.७ स्कोर गरेको थियो । एपिएफ र बागमती प्रदेशले कास्य पदक प्राप्त गरे ।

पुलिसकी एलिसाले महिला एकल कातामा स्वर्ण पदक जितेकी हुन् । १९ औं एसियाली खेलकुदमा भाग लिएकी एलिसाले पुलिसका‌ लागि दिनको दोस्रो स्वर्ण पदक जितिन् ।

एलिसाले फाइनलमा ३८.८ स्कोर गर्दै पहिलो स्थान प्राप्त गरिन् । ३८.१ स्कोर गरेकी एपिएफकी मिरा खत्रीले रजत पदक जितिन् । बागमती प्रदेशकी सन्जु देशार र त्रिभुवन आर्मी क्लबकी सानुमाया थिङले कास्य पदक जिते ।

त्यसअघि पुरुष एकलको‌ फाइनलमा  स्वर्णिमले ३९.३ अंकसाथ पहिलो स्थान हासिल गरेका थिए। ३८.७ स्कोर गरेका  आर्मीका विनय लिम्बुले रजत पदक प्राप्त गरे । बागमती प्रदेशका अन्जन यसमाली मगर र एपिएफका खगेन्द्र चाम्लिङ राईले कास्य पदक प्राप्त गरे ।

जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई  गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।

प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के। जी। माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के।जी। माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ । ७ वटै प्रदेशका  र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन् ।

प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु। १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ छ । बागमती प्रदेश सभासद मिनकृष्ण महर्जनको परिकल्पनामा आयोजित प्रतियोगिताको उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले एक समारोहमाझ उद्घाटन गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एरिका सम्मानित
एरिका सम्मानित
विश्व वरियतामा एरिकाको २३ स्थान सुधार
विश्व वरियतामा एरिकाको २३ स्थान सुधार
प्रशिक्षकबिनै इतिहास रचेकी एरिका
प्रशिक्षकबिनै इतिहास रचेकी एरिका
कराते वान प्रिमियर लिगमा एरिकालाई ऐतिहासिक कांस्य पदक
कराते वान प्रिमियर लिगमा एरिकालाई ऐतिहासिक कांस्य पदक
एरिकाले कांस्य पदकका लागि खेल्ने
एरिकाले कांस्य पदकका लागि खेल्ने
एसियाली कराते प्रतियोगितामा ११ खेलाडीको चुनौती
एसियाली कराते प्रतियोगितामा ११ खेलाडीको चुनौती
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP