काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि गठित आठौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको मिति बोर्डमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।
राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा बुधबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बसेको बैठक प्रतियोगिताको मिति बोर्ड बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
प्रदेश नम्बर ५ हुने तय भएको प्रतियोगिता माघ २५ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको थियो । तर भौतिक पुर्वाधार निर्माणको कारण देखाउँदै प्रतियोगिता दुई हप्ता पछाडी सार्ने तयारी गरिएको छ ।
बैठकले जिल्लालाई जिल्ला छनोट तथा खेल सामाग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ ।
प्रदेशबाट राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी\प्रशिक्षक\व्यवस्थापक\संघ प्रतिनिधिको कोटा अनुमोदन गर्दैै राष्ट्रिय खेलकुदका लागि गठित विभिन्न उपसमितिहरुलाई एक हप्ता भित्र पूर्णता दिने निर्णय भएको छ ।
प्रदेश छनोट र राष्ट्रिय खेलकुदका साथै दक्षिण एसियाली खेलकुद (साग) सम्म खेलाडी दुर्घटना विमा गर्ने निर्णय भएको छ । मुख्य मिडिया सेन्टर नेपालगन्जमा स्थापना गर्ने, पदक र पोशाक छनोट उप समितिबाट छनोट भएका नमुनालाई छलफल गरी अनुमोदन गर्ने तथा एनआरएन खेलाडी सहभागिताका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रलयसंग समन्वय गरेरे टुंगो लगाउने लगायतका निर्णय भएको छ ।