एन्फाले २० प्रतिशत खेलाडीलाई बोनश दिने
सोमबार, पुष २, २०८०खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमका खेलाडीलाई २० प्रतिशत बोनश दिने निर्णय गरेको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको कार्यसमिति बैठकले अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्दा टिकट बिक्रीबाट प्राप्त हुने रकमको २० प्रतिशत रकम खेलाडीलाई दिने निर्णय गरेको हो ।
‘अब एन्फाले अन्तराष्ट्रिय खेलको दौरान पास बितरण नगर्ने भएको छ । टिकट बिक्रीबाट प्राप्त हुने रकमको २० प्रतिशत राष्ट्रिय टिमका खेलाडीलाई बोनश दिने निर्णय भएको छ ।’ एक सदस्यले खेलपाटीलाई भने ।
विभिन्न १५ वटा एजेण्डामाथि निर्णय गर्न एन्फाको कार्यसमिति बैठक सातदोबाटो हेडक्वार्टरमा बसेको छ ।
#एन्फा #प्रतिशत #खेलाडी











-1761130437587.jpg&w=3840&q=75)



-1761099128165.webp&w=3840&q=75)
-1761098856553.webp&w=3840&q=75)