काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले चेल्सीलाई हराएको छ ।
बुधबार ओल्डट्राफोर्डमा भएको खेलमा म्यान यूले चेल्सीलाई २–१ ले हराएको हो ।
स्काट मेकटोमिनेले दुई गोल गर्दै युनाईटेडलाई महत्वपुर्ण जित दिलाए ।
खेलमा अग्रता घरेलु टोली युनाईटेडले १९ औं मिनेटमा मेकटोमिनेको गोलमा लिएको थियो । कोल पाल्मरले पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका लागि बराबरी गोल फर्काएका थिए ।
दोस्रो हाफको ६९ औं मिनेटमा युनाईटेडका लागि मेकटोमिनेले ब्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई महत्वपुर्ण तीन अंक दिलाए ।
खेलको नवौं मिनेटमा युनाईटेडले अग्रता लिने अवसर गुमाएको थियो । ब्रुनो फर्नान्डेजले पेनाल्टीमा अवसर गुमाएका थिए ।
प्राप्त जितले म्यान यू २७ अंक सहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । चेल्सी १९ अंक सहित तालिकाको १० औं स्थानमा छ ।