काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा झापा एफसी र काठमाडौं रेजर्सले बराबरी खेलेका छन्।
सोमबार दशरथ रंगशालामा झापा र काठमाडौंले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
दुवै टिमले खेलमा केही अवसर गरेपनि सिर्जना गरेपनि गोल गर्न भने सकेनन् ।
झापा कप्तान अन्जन विष्ट बिना मैदान उत्रिएको थियो । अघिल्लो खेलमा ल्याण्डिङ गर्ने क्रममा अन्जनको हातमा चोट लागेको थियो । सोही कारण उनी काठमाडौंविरुद्ध मैदानमा देखिएनन् ।
पहिलो हाफमा झापाले एउटै अवसर सिर्जना गरेको खेलको दोस्रो हाफमा दुवै टिमले केही राम्रा प्रयास गरेका थिए । तर दुवै टिम सफल रहे ।
खेल सकिन चार मिनेट अघि जुनियर एनकेग्यू वान भर्सेस वानमा चुकेपछि काठमाडौंले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने अवसर गुमायो । उनले प्रहारलाई झापाका स्टेफनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।
बराबरी खेल्दै काठमाडौंले ५ अंक जोडेको छ । झापाले दोस्रो बराबरी खेल्दै २ अंक जोडेको छ ।