युगान्डा पहिलो पटक विश्वकपमा

काठमाडौं । युगान्डा पहिलो पटक टी ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ ।
अफ्रिकी महादेशीय छनोट अन्तर्गत रुवान्डालाई ९ विकेटले हराउँदै युगान्डा पहिलो पटक सन् २०२४ का लागि टी ट्वान्टी विश्वकपमा छनोट भएको हो ।
युगान्डाको जितले जिम्बाबे टी ट्वान्टी विश्वकपबाट बाहिरिएको छ ।
जिम्बाबे छनोट प्रतियोगितामा नामिबिया र युगान्डासँग पराजित हुन पुग्यो । जिम्बाबेले पछिल्लो टी ट्वान्टी विश्वकपमा सहभागी भएको थियो । उसले पाकिस्तानलाई समेत हराएको थियो ।
अफ्रिकी महादेशीय छनोटमा नामिबियाले पहिलेनै टी ट्वान्टी विश्वकपमा स्थान बनाईसकेको थियो ।
टी ट्वान्टी विश्वकपमा २० टिम सहभागी हुनेछन् । जसमा वेस्ट इन्डिज, यूएस, अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्ल्याण्ड, भारत, पाकिस्तान, साउथ अफ्रिका, श्रीलंका, न्युजिल्याण्ड र नेदरल्याण्ड सिधै विश्वकपमा छनोट भएका छन् ।
बाँकी ८ टिम महादेशीय छनोट अन्तर्गत आएका छन् ।
जसमा आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान, नामिबिया र युगान्डाले टी ट्वान्टी विश्वकपमा स्थान बनाएका छन् ।






-1764236044054.jpeg&w=3840&q=75)
%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764294451367.webp&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)


