काठमाडौं । विश्वकप छनोटको यमनविरुद्धको खेलको टिकट एन्फाले आफै बिक्री गर्ने भएको छ ।
एन्फाले सोमबार बिज्ञप्ति निकाल्दै टिकट आफैले व्यवस्थापन गरेर बिक्री गर्ने जनाएको हो ।
यसअघि एन्फाले खुल्ला टेन्टरमार्फत टिकट बिक्री गर्दै आएको थियो । फुटबल सम्बद्ध अधिकारीले एन्फाले आफैले टिकट बिक्री गर्दा दुरुपयोग हुने भन्दै एन्फा निर्णयमा विरोध जनाएका छन् ।
एन्फाले साधारण प्यारापिटतर्फ ४ सय र भिआईपी प्यारापिटतर्फ १ हजार टिकट दर कायम गरेको छ ।
नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा मंगलबार साँझ ७ बजे सुरु हुदैछ ।
एन्फाले दोस्रो चरणको सम्पुर्ण खेलको कमर्सियल र मिडिया अधिकार सिंगापुरस्थित स्पोर्ट फाइभलाई दिईसकेको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ७४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।