काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा हाइ पर्फमेन्स प्रशिक्षक तालिम सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा सुरु भएको छ ।
चारदिने तालिममा करिब १ सय प्रशिक्षकको सहभागिता रहेको तेक्वान्दो संघले जनाएको छ ।
उनीहरुलाई दक्षिण कोरियास्थित किमयोङ विश्वविद्यालयअन्तर्गत तेक्वान्दो विभागका एसोसिएट प्रोफेसर जुसिक पार्कले प्रशिक्षण दिने छन् ।
तालिम मंसिरमै अझै तीन चरणमा हुनेछ । चितवनमा ९ देखि १३, पोखरामा १७ देखि २१ र पुनः काठमाडौंमा २५ देखि २९ गतेसम्म हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा आईतबार एक कार्यक्रमबीच तालिमको उद्घाटन गरे ।
सो अवसरमा एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउने पहिलो खेलाडी सविता राजभण्डारी र एसियाली खेलकुदकै कांस्य विजेता सविताका श्रीमान किशोर श्रेष्ठलाई सम्मान गरिएको थियो ।