काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतले पहिले ब्याटिङ गर्ने भएको छ ।
अहमदाबादमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ राजेपछि भारतले पहिले ब्याटिङ गर्ने भएको हो ।
विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया आमने सामने भएका छन् ।
भारतको प्लेइङ ११ मा कप्तान राहित शर्मा सहित विराट कोहली, सुभमन गिल, श्रेयश अय्यर, केएल राहुल, सुर्यकुमार यादव, रविन्द्र जडेजा, जसप्रीत बुम्राहा, मोहमद सामी, कुलदीप यादव, मोहमद सिराज छन् ।
अष्ट्रेलियाको प्लेइङ ११ मा ओपनर ट्रेभिस हेड, डेभिड वार्नर, मिचेल मार्स, स्टेभन स्मिथ, मार्नुस लाबुसेन, ग्लेन म्याक्सवेल, जोस इङ्ग्स, मिचेल स्टार्स, पाट कुमिन्स, एडम जम्पा र जोस हेजलउड छन् ।