• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
न्युजिल्याण्डलाई हराउँदै भारत फाइनलमा 
खेलपाटी संवाददाता
बुधबार, कात्तिक २९, २०८० खेलपाटी संवाददाता
न्युजिल्याण्डलाई हराउँदै भारत फाइनलमा 

काठमाडौं । भारत एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । 

भारतले उपाधिका लागि अष्ट्रेलिया र साउथ अफ्रिकाबीचको विजेतासँग खेल्नेछ ।

भारतले प्रस्तुत गरेको ३ सय ९८ रनको बिशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड ३ सय २७ रनमा समेटियो । न्युजिल्याण्डले ४८ दशमलव ५ ओभरमा अल आउट हुँदै ३ सय २७ रन बनाएको हो ।

न्युजिल्याण्डका लागि डेरिन मिचेलले १ सय ३४ रनको शानदार इनिङ्स खेले । कप्तान केन विलियम्सले ६९ रनको योगदान गरे ।

दुवैले तेस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गर्दै न्युजिल्याण्डलाई शानदार तरिकाले अघि बढाएका थिए । ग्लेन फिलिप्सले ४१ रनको योगदान गरे । अन्यको प्रर्दशन खासै उल्लेख्य रहन सकेन । 

भारतका मोहमद सामी पुन एक पटक चम्किएपछि न्युजिल्याण्ड खेलमा जम्न सकेन । सामीले ७ विकेट लिदै भारतलाई बलिङमा शानदार प्रर्दशन दिलाए । उनकै घातक बलिङमा न्युजिल्याण्डको ब्याटिङ लाइन धरासायी बनेको थियो ।

न्युजिल्याण्डविरुद्ध भारतका सामीको बलिङ पूर्णत हाबी रह्यो । जसप्रीत बुम्राहा, मोहमद सिराज र कुलदीप यादवले समान एक एक विकेट हात पारे । 

बुधबार वानखडे स्टेडियममा घरेलु टोली भारतले फाइनल प्रवेशका लागि न्युजिल्याण्डलाई ३ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो ।

कोहलीले कीर्तिमानी ५० औं शतक प्रहार गर्दा श्रेयशको लगातार दोस्रो शतकमा भारतले झण्डै ४ सयको विशाल योगफल बनाएको हो । कोहलीको १ सय १७ रनको इनिङ्समा भारतका लागि श्रेयशले १ सय ५ रनको शानदार पाली खेले । दुवैले दोस्रो विकेका लागि १ सय ६३ रनको साझेदारी गरेका थिए । 

विराटले एकदिवसीय खेलमा कीर्तिमानी ५० औं शतक प्रहार गरेका छन् । उनले सचिन तेन्दुलकरको नाममा रहेको ४९ औं शतकको कीर्तिमानलाई समेत भंग गरेका छन् ।  

ठुलो रनतर्फ अघि बढेका सुभमन गिल ८० रनमा रिटायड हर्ट हुदाँ कप्तान रोहित शर्माले ४७ रनको योगदान गरेका थिए । केएल राहुलले विस्फोटक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए ।

उनले ५ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् । सुर्यकुमार यादव १ रनमा आउट भएका थिए । न्युजिल्याण्डका टिम साउथीले ३ तथा ट्रेन्ट बोल्टले १ विकेट हात पारेका थिए ।

दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र साउथ अफ्रिका खेल्नेछन् ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
वर्षाका कारण च्यासल मैदान डुबानमा
वर्षाका कारण च्यासल मैदान डुबानमा
स्टुडेन्टको सहज जित
स्टुडेन्टको सहज जित
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP