काठमाडौं । भारतीय ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय क्रिकेटमा कीर्तिमानी ५० औं शतक प्रहार गरेका छन् ।
एकदिवसीय विश्वकपमा न्युजिल्याण्डविरुद्ध शतक प्रहार गर्दै उनले एकदिवसीय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका हुन् ।
कोहली एकदिवसीय क्रिकेटमा ५० शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
उनले सचिन तन्दुलकरको नाममा रहेको ४९ शतकको कीर्तिमानलाई तोडेका छन् ।
कोहलीले २ सय ७८ इनिङ्समा आफ्नो ५० शतक प्रहार गरेका हुन् । उनले न्युजिल्याण्डविरुद्धको खेलमा अर्को कीर्तिमान समेत बनाए । उनले एकै संस्करणको विश्वकपमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाए ।
न्युजिल्याण्डविरुद्ध ८० रन बनाउँदै उनले सचिनकै कीर्तिमानलाई तोडे । सचिनले सन् २००३ को विश्वकपमा ६ सय ७३ रन बनाएका थिए ।
कोहली एकै पटकको विश्वकपमा ५० भन्दा धेरै स्कोर बनाउने ब्याट्सम्यान समेत बनेका छन् । उनले यसमा समेत सचिनकै कीर्तिमान तोडेका छन् ।
सचिनले सन् २००३ को विश्वकपमा ७ खेलमा ५० भन्दा बढीको स्कोर गरेका थिए ।