शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पाकिस्तानी फास्ट बलर प्रशिक्षकको राजीनामा

सोमबार, कार्तिक २७, २०८०खेलपाटी संवाददाता
पाकिस्तानी फास्ट बलर प्रशिक्षकको राजीनामा
Classic Tech Internet Ad

काठमाडौं । पाकिस्तानी फास्ट बलर प्रशिक्षक मोर्ने मोर्केलले राजीनामा दिएका छन् । सम्झौता सकिनु ६ हप्ता अघि मोर्केलले पदबाट राजीनामा दिएका हुन् । 

सोमबार पाकिस्तानी क्रिकेट बोर्डले यसको पुष्टि गर्दै मोर्केलले पदबाट राजीनामा दिएको बताएको छ । पाकिस्तान विश्वकपको समूह चरणबाट बाहिरिएसँगै मोर्केलको राजीनामा बाहिर आएको हो । 

बोर्डले उचित समयमा उनको विकल्प घोषणा गरिने बताएको छ । 

मोर्केलको सम्झौता यस वर्षको अन्तिमसम्म रहेको थियो । विश्वकपपछि आईपीएल र साउथ अफ्रिका टी ट्वान्टीको प्रतिबद्धतालाई ध्यानमा राखेर उनले पुनर्मुल्याङकनको अपेक्षा गरेका थिए ।

विश्वकपपछि अष्ट्रेलियाको भ्रमणले उनको प्रतिबद्धतामा अस्थिरता आएको थियो ।

मोर्केल यस वर्षको जुनमा कोचिङ्ग स्टाफको रुपमा नियुक्त भएका थिए । मिकी अर्थर टिम निर्देशकको रुपमा आएपछि मोर्केल कोचिङ्ग स्टाफमा आएका हुन् । 

मोर्केलको पहिलो कामको रुपमा जुनमा श्रीलंकाविरुद्धको दुई म्याचको टेष्ट सिरिज रहेको थियो । जुन पाकिस्तानले २–० ले जितेको थियो । श्रीलंकामै अफगानिस्तानविरुद्ध खेलिएको तीन वान डेमा समेत पाकिस्तानले क्लिन स्विप गरेको थियो । फास्ट बलर हरिस रौफ र नासिम साहले चोट बोकेपछि पाकिस्तान एसिया कपको फाइनलमा स्थान बनाउन असफल भएको थियो । नासिमले चोटकै कारण विश्वकप समेत गुमाएका थिए । 

विश्वकपको सुरुआतमा दुई खेल जितेको पाकिस्तानले लगातार चार खेल गुमाउन पुगेको थियो । विश्वकपको इतिहासमा पाकिस्तानले पहिलो पटक लगातार चार म्याच गुमाएको हो ।

अन्तिम खेलमा इङ्ल्याण्डसँग पराजित बनेपछि पाकिस्तान विश्वकपबाट बाहिरिएको थियो । विश्वकपको पाँचौं स्थानमा रहेर पाकिस्तान बाहिरिएको हो । जसमा चार खेलमा जित र पाँच खेलमा हार ब्यहोरेको थियो । 
 

Bajaj Pulsar Motorcycle Ad
#पाकिस्तानी फास्ट बलर प्रशिक्षक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

Bajaj Pulsar Motorcycle Ad
एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई