काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ क्यानले शनिबार छनोटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
रोहित कुमार पौडेलको कप्तानीमा क्यानले घोषणा गरेको टोलीमा लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् । घरेलु मैदानमा भएको त्रिकोणात्मक क्रिकेट सिरिजमा सन्दीप टोलीमा थिएनन् ।
यस्तै विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी पनि टोलीमा अटाएका छन् ।
टियु र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यहिँ कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ ।
नेपाल रहेको समूह 'ए' मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह 'बी' मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।
नेपाली टोली -
