शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपाललाई हराउँदै यूएई च्याम्पियन

शुक्रबार, कार्तिक १०, २०८०खेलपाटी संवाददाता
नेपाललाई हराउँदै यूएई च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ । शुक्रबार फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले सिरिज हात पारेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य यूएईले ६ विकेट गुमाएर १ बल अगावै पुरा गर्यो ।

कप्तान समेत रहेको ओपनर मुहमद वासिमले २२ बलमा ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए । अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए । 

बसिल हमिदले अविजित २२ रन जोड्दै यूएईलाई जितसम्म डोर्याए । उनले अन्तिम बलमा चौका प्रहार गर्दै यूएईलाई जित दिलाएका हुन् ।

नेपालका गुल्सन झा र अविनाश बोहराले समान २ तथा कुशल मल्लले १ विकेट लिए ।

कीर्तिपुरको त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतीमा १ सय ६२ रन बनायो । 

ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए । 

करन केसीले १७ बलमा २३ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए । अविनाश बोहोरा शुन्य रनमा अविजित रहे ।

यूएईका आयन खानले ३ तथा अली नासिर र जहुर खानले समान दुई विकेट लिए । जुनेद सिद्धीकीको नाममा एक विकेट रह्यो । 

नेपाल अपराजित रहदै सिरिजको फाइनल प्रवेश गरेको हो । लिग चरणका दुवै खेलमा यूएईलाई हराएपनि फाइनल भिडन्तमा नेपालले नतिजा सुम्पिन पुग्यो ।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले हङकङ र यूएईलाई समावेश गरेर सिरिजको आयोजना गरेको हो । 
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

Bajaj Pulsar Motorcycle Ad
टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने