काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि जित्न नेपालले यूएईलाई १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरको त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतीमा १ सय ६२ रन बनायो ।
ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए ।
करन केसीले १७ बलमा २३ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए । अविनाश बोहोरा शुन्य रनमा अविजित रहे ।
यूएईका आयन खानले ३ तथा अली नासिर र जहुर खानले समान दुई विकेट लिए । जुनेद सिद्धीकीको नाममा एक विकेट रह्यो ।
नेपाल अपराजित रहदै सिरिजको फाइनल प्रवेश गरेको हो । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले सिरिजको आयोजना गरेको हो ।