वर्षाले फाइनल खेल प्रभावित

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनल खेल वर्षाले प्रभावित बनाएको छ । नेपालले प्रस्तुत गरेको २ सय ८१ रनको लक्ष्य यूएईले पछ्याउने क्रममा वर्षाले खेल प्रभावित बनाएको हो ।
यूएईले ११ ओभरमा २ विकेट गुमाएर ५० रन बनाएको अवस्था खेल रोकिएको छ । यूएईका ध्रुव पारासर १६ र आयान खान शुन्य रनमा अविजित छन् । तनिस सुरी १ र आर्यान्स शर्मा ३२ रन बनाएका आउट भएका छन् ।
नेपालका हेमन्त धामी र सुवास भण्डारीले एक एक विकेट लिएका छन् ।
मलेसियाको वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ८० रन बनाएका थियो ।
नेपालको इनिङ्समा कप्तान देवले शतक प्रहार गरेका थिए । ओपनर दीपक बोहोरालाई ५ र आकाश त्रिपाठीलाई शुन्य रनमा गुमाएर दबाबमा आएको नेपालको इनिङ्स देव र अर्जुन कुमालले सम्हालेका थिए ।
१४ रनमा दुई विकेट गुमाएको नेपालको इनिङ्सलाई अघि बढाउँदै देव र अर्जुनले तेस्रो विकेटका लागि १ सय २५ रनको साझेदारी गरेका थिए । अर्जुनले ५५ रन बनाएका थिए ।
नेपालका लागि विकेट किपर ब्याट्सम्यान उत्तम थापा मगरले ५७ रनको अर्धसतकीय इनिङ्स खेलेका थिए । दिपक प्रसाद डुम्रे २८ रन बनाए । दीपेश कँडेल १० रनमा अविजित रहे । विशाल बिक्रम केसी ३ र हेमन्त धामी ७ रन बनाएर आउट भए । आकाश चन्द १ रनमा नटआउट रहे ।
यूएईका हरित सेठ्ठीले ५ विकेट लिए । आयान अफजल खानको नाममा २ विकेट रह्यो । अमर बादामीले १ विकेट चट्काए ।
फाइनल प्रवेश गरेको नेपाल यसअघिनै यू–१९ एसिया कपमा छनोट भैसकेको छ ।












