काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा यूएईविरुद्धको फाइनल खेलमा कप्तान देव खनालले शानदार शतक प्रहार गरेका छन् ।
मलेसियाको क्वालालाम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि कप्तान देवले आफ्नो शतक पुरा गरेका छन् ।
उनले ८९ बलमा ९ चौका र ३ छक्काको मदतले शतक प्रहार गरेका छन् ।
सुरुआतमा लड्खडाएको नेपालको ब्याटिङलाई देवले अर्जुन कुमालसँग मिलेर उकासेका थिए । देव र अर्जुनले तेस्रो विकेटका लागि १ सय २५ को साझेदारी गर्दै नेपालका लागि उत्कृष्ट प्रर्दशन गरेका थिए ।
अर्जुन ५५ रन बनाएर आउट भए ।
त्यसअघि नेपालले ओपनर दीपक बोहरालाई ५ र आकाश त्रिपाठीलाई शुन्य रनमा गुमाएको थियो ।
एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपाल फाइनल प्रवेश गरेसँगै यू–१९ एसिया कपमा छनोट भैसकेको छ ।