काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा यूएईविरुद्धको फाइनल खेलमा अर्जुन कुमालले अर्धशतक प्रहार गरेका छन् ।
अर्जुनले ७० बल खेल्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । अर्जुनले ४ चौकाको मदतले ५० रन पुरा गरेका हुन् । अर्जुन अघि कप्तान देव खनालले अर्धशतक पुरा गरेका थिए ।
मंगलबार मलेसियाको क्वालाम्पुरमा नेपालले जितेर ब्याटिङ गर्ने निर्णयलाई सही सावित गर्दै कप्तान देवले अर्जुनसँग मिलेर नेपालको इनिङ्सलाई उकासेका छन् ।
दुवैले फाइनल खेलमा अर्धशतक पुरा गरेका छन् ।
तर नेपालको सुरुआत राम्रो रहन सकेन । नेपालले १४ रनमा २ विकेट गुमाएर खराब सुरुआत गरेको थियो । ओपनर दिपक बोहोरा ५ र आकाश त्रिपाठी शुन्य रनमा पोविलियन फर्किएका छन् ।
दिपक १२ बल खेल्दै ५ रनमा आउट भए भने आकासले ४ बल खेल्दा खाता पनि खोल्न सकेनन् ।
नेपाल अपराजित रहदै फाइलन यात्रा तय गरेको हो ।
एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपाल फाइनल प्रवेश गरेसँगै यू–१९ एसिया कपमा छनोट भैसकेको छ ।