कप्तान देव खनालको अर्धशतक
मंगलबार, कार्तिक ७, २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा यूएईविरुद्धको फाइनल खेलमा नेपालका देव खनालले अर्धशतक प्रहार गरेका छन् ।
कप्तान देवले ४० बल खेल्दै अर्धशतक प्रहार गरेका हन् । उनले ५ चौका र १ छक्काको मदतले अर्धशतक प्रहार गरे ।
ओपनर दिपक बोहोरालाई ५ र अर्का भरपर्दा ब्याट्सम्यान आकाश त्रिपाठीलाई शुन्य रनमा गुमाएर दबाबमा आएको नेपालको इनिङ्स कप्तान देव र अर्जुन कुमालले सम्हालेका थिए ।
नेपालको सुरुआती ब्याटिङ राम्रो रहन सकेन । नेपालले १४ रनमा २ विकेट गुमाएर खराब सुरुआत गरेको थियो ।
त्यसपछि क्रिजमा आएका कप्तान देवले अर्जुनसँग मिलेर नेपालको इनिङ्स सम्हालेका थिए ।
नेपाल अपराजित रहदै फाइलन यात्रा तय गरेको हो ।
एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपाल फाइनल प्रवेश गरेसँगै यू–१९ एसिया कपमा छनोट भैसकेको छ ।
#खनालको अर्धशतक












