काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनल खेलमा नेपालले खराब सुरुआत गरेको छ ।
मलेसियाको क्वालालाम्पुरमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले सस्तैमा सुरुआती दुई ब्याट्सम्यानलाई गुमाएको छ ।
ओपनर दिपक बोहोरा ५ र आकाश त्रिपाठी शुन्य रनमा पोविलियन फर्किएका छन् ।
दिपक १२ बल खेल्दै ५ रनमा आउट भए भने आकासले ४ बल खेल्दा खाता पनि खोल्न सकेनन् ।
नेपालको इनिङ्सलाई अर्जुन कुमाल र कप्तान देव खनालले अघि बढाएका छन् ।
यूएईका हरित सेठ्ठी र आयान अफजल खानले समान एक एक विकेट लिएका छन् । नेपाल अपराजित रहदै फाइलन यात्रा तय गरेको हो ।
नेपाल अपराजित रहदै फाइलन यात्रा तय गरेको हो ।
एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपाल फाइनल प्रवेश गरेसँगै यू–१९ एसिया कपमा छनोट भैसकेको छ ।