संकटमा आसिफको अर्धशतक

काठमाडौं । त्रिकोणात्मक सिरिजको यूएईविरुद्धको खेलमा संकटमा परेको नेपालको ब्याटिङलाई आसिफ शेखले उकासेका छन् ।
११ रनमा ३ विकेट गुमाएको नेपालको ब्याटिङ लाइनलाई आसिफ र कप्तान रोहित पाडेलले सम्हालेका छन् ।
आसिफले उत्कृष्ट ब्याटिङ प्रर्दशन गर्दै ४४ बलमा अर्धशतक प्रहार गरेका छन् । उनले ६ चौका र १ छक्काको मदतले ५३ रन बनाएका थिए ।
नेपालले १४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर सय रन पार गरेको छ । र जिततर्फ उन्मुख देखिएको छ ।
नेपालले ओपनर कुशल भुर्तेललाई १, सोमपाल कामीलाई २ र कुशल मल्ललाई शुन्य रनमा गुमाएको छ ।
सिरिजमा यूएईसँगको दोस्रो भेटमा लडखडाएको नेपालको ब्याटिङलाई आशिफ र कप्तान रोहितले सम्हालेका छन् ।
नेपालले १ सय ६५ रनको लक्ष्य पछ्याउँदै अघि बढेको छ ।
लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईसँग खेलेको हो । नेपाल एक खेल अगावै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।
नेपाललाई हराउँदै यूएईलाई समेत फाइनल पुग्ने अवसर प्राप्त छ । नेपाल भने फाइनल अघि यूएईविरुद्ध जित निकाल्दै आफुलाई तयार राख्न चाहन्छ ।
तालिकामा नेपालले ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । यूएईले २ खेलबाट २ अंक जोडेको छ । हङकङ ३ खेलबाट अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।












