काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा यूएईले नेपाललाई १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो ।
वृत्त्या अरविन्द र बासिल हमिदले समान ४५ रन बनाएको इनिङ्समा असिफ खानले १८ रन बनाएका थिए । खालिद साहले १२ रन बनाए । अन्यको दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका सोमपाल कामी र अविनाश बोहराले समान २ तथा करन केसी र गल्सन झाले समान १ विकेट झारे ।
लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईसँग खेलेको हो । नेपाल एक खेल अगावै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।
नेपाललाई हराउँदै यूएईलाई समेत फाइनल पुग्ने अवसर प्राप्त छ । नेपाल भने फाइनल अघि यूएईविरुद्ध जित निकाल्दै आफुलाई तयार राख्न चाहन्छ ।
तालिकामा नेपालले ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । यूएईले २ खेलबाट २ अंक जोडेको छ । हङकङ ३ खेलबाट अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।