काठमाडौं । मलेसियामा जारि एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
जापानले समूह 'डी' को विजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । शुक्रबार हङकङलाई डकवर्थ लुइस(डीएलएस) पद्दतिको आधारमा ५७ रनले हराएर जापान समूह विजेता बनेको हो ।
अब नेपालले मलेसियाको वाइएसडी युकेएम ओभलमा शनिबार जापानसँग खेल्नेछ । नेपाल र जापानबीचको खेल नेपाली समय अनुसार बिहान ७:१५ बजे सुरु हुनेछ ।
नेपाल समूह 'ए' को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । समूह चरणमा नेपाल अपराजित रहेको छ ।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनले हराएको थियो ।
शनिबार हुने अर्को सेमिफाइनलमा युएई र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ ।