काठमाडौं । नेपालविरुद्धको त्रिकोणात्मक त्रिकेट सिरिजमा हङकङ ९४ रनमा अलआउट भएको छ ।
काठमाडौंको मुलपानीमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहित पौडेलको निर्णयलाई सहि सावित गर्दै तिव्र गतिका बलर करन केसीले ४ विकेट लिएपछि हङकङको ब्याटिङ लाइन धरासायी बनेको हो ।
हङकङले नेपालको तिव्र गतिको बललाई खेल्नै सकेनन् । स्पिनरलाई समेत उनीहरुले झेल्न सकेनन् ।
नेपालका लागि सोमपाल कामी र अविनास बोहोराले समान दुई तथा कुशल मल्ल र मौषम ढकालले समान एक विकेट लिए ।
हङकङका लागि यासिम मुर्ताजाले ३६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । जिसान अलीले १७ रन बनाए । अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।
पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो । कप्तान रोहित पौडेलको अर्धशतकीय इनिङ्समा नेपालले यूएईलाई हराएको हो ।
टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो ।
सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।