काठमाडौं । एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरब समक्ष ३ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियामा जारी प्रतियोगितामा नेपालले सेमिफाइनल प्रवेशका लागि साउदीलाई ३ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
साउदी अरबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले शानदार ब्याटिङ प्रर्दशन गर्यो ।
नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय ४७ रन बनायो ।
अर्जुन कुमालको १ सय ४२ रनको शानदार इनिङ्समा आकाश त्रिपाठीले ८९ रनको योगदान गरेका छन् ।
ओपनर दिपक बोहराले २९ रन बनाउँदा बिशाल बिक्रम केसीले अविजित २४ रन बनाए । दिपक प्रसाद डुम्रे र दिपेश कँडेलले समान १४, मिलन बोहराले ९ रन बनाएका छन् ।
कप्तान देव खनाल शुन्य रनमा पोविलियन फर्किएका थिए ।
साउदीका मुहमद अमद राजा र मुहमद अहमदले समान २ तथा अब्दुल्लाह सिराज, जुहिर मुहमद र सजिव मुजिवुर रहमानले समान एक एक विकेट लिएका छन् ।
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै दुवै टिम सेमिफाइनल प्रवेश गर्ने दाउमा छन् ।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो ।
प्रतियोगितामा शीर्ष तीन टिमले यू–१९ एसिया कपमा स्थान बनाउनेछन् । नेपाल प्रतियोगिताको उपाधि जित्ने लक्ष्य सहित मलेसियामा रहेको छ ।