काठमाडौं । एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटमा सेमिफाइनल प्रवेशका लागि नेपालले साउदी अरबसँग खेल्दैछ ।
बिहीबार हुने लिगको अन्तिम खेलले सेमिफाइनल प्रवेश गर्ने टोलीको टुङ्गो लगाउनेछ ।
लिग चरणको खेलमा नेपाल र साउदी दुवैले बहराईन र इरानलाई हराएका छन् । दुवै टिमले समान २ खेलबाट ४ अंक जोडेर तालिकाको पहिलो र दोस्रो स्थानमा छन् ।
समूहको शीर्ष स्थानमा रहने टोलीले अन्तिम चारमा स्थान बनाउनेछ । समूह चरणको दुई खेलमा नेपालको प्रर्दशन शानदार छ ।
पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो ।
अन्तिम खेलमा जित निकाल्दै नेपाल उपाधि यात्रालाई सहज बनाउने उद्धेश्यमा छ । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिमले यू–१९ एसिया कपमा छनोट हुनेछ ।