काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजमा यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।
बुधबार टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमै विकेट पाएको छ । सोमपाल कामीले नेपालका लागि पहिलो विकेट लिदै यूएईमाथि दबाब बनाएका छन् ।
उनले यूएईका खालिद साहलाई आउट गरेका छन् ।
नेपालका करण केसीले दोस्रो विकेटको रुपमा अलिसान शराफुलाई आउट गर्दै नेपाललाई शानदार सुरुआत दिएका छन् ।
नेपालले प्लेइङ ११ मा कप्तान रोहित पौडेल सहित आशिफ शेख, कुलश भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गल्सन झा, सोमपाल कामी, करन केसी, सन्दीप जोरा, मौसम ढकाल र अबिनाश बोहरा छन् ।
टी ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन् ।