काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिज आज बुधबारबाट सुरु हुदैछ ।
काठमाडौंको मुलपानी र त्रिवि क्रिकेट मैदानमा हुने सिरिजको पहिलो खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ ।
टी ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप सिरिजको आयोजना गरेको हो ।
सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन् ।
त्रिकोणात्मक सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम तयार गरेको छ ।
नेपाली टिममा आरिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, प्रजित जिसी, ललित राजभण्डारी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सुर्य तामाङ र मौसम ढकाल रहेका छन् ।
ब्यक्तिगत समस्याका कारण नेपालले यस सिरिजमा सन्दीप लामिछानेलाई समावेश गरेको छैन ।