काठमाडौं । काठमाडौंको मुलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजको प्रत्यक्ष प्रशारण हिमालयन टिभीले गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आईतबार बिज्ञप्ति निकाल्दै हिमालयन टिभीलाई आधिकारिक ब्रोडकास्टरको रुपमा सहकार्य गरिएको जनाएको छ ।
नेपालले कात्तिक १ गतेदेखि मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा यूएई र हंगकंगलाई समावेश गरेर त्रिकोणात्मक क्रिकेट सिरिज गर्दैछ ।
टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।
पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको फाइनल खेल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कार्यक्रम रहेको छ ।