काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा आईतबार ईङ्ल्याण्डले अफगानिस्तानसँग खेल्दैछ ।
दिल्लीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवाँ २ बजे सुरु हुनेछ । साविक विजेता ईङ्ल्याण्डले प्रतियोगितामा जित विहीन रहेको अफगानिस्तानसँग खेल्न लागेको हो ।
अफगानिस्तान विश्वकपमा लगातार १४ खेलमा जितविहीन छ । अफगान टिमविरुद्ध उत्रदै गर्दा इङ्ल्याण्ड राम्रो रनरेट बनाउने खोजीमा हुनेछ ।
पछिल्लो दुई खेलमा इङ्ल्याण्डले बंगलादेशविरुद्ध १ सय ३७ रनको जित मात्र निकालेको थियो । अफगानिस्तान दुवै खेलमा हार ब्यहोर्दै तालिकाको पुछारमा रहेको टिम हो ।
अफगानिस्तानले पछिल्लो खेल भारतविरुद्ध खेलेको थियो । जसमा अफगानिस्तान ८ विकेटले पराजित बनेको थियो । हशमतुल्लाह शाहिदी र अजमतुल्लाह उमरजइले सो खेलमा अफगास्तिानका लागि क्रमश ८० रन र ५२ रन बनाएका थिए ।
दुवै टिमले यस ढाँचामा दुई खेल खेलेका छन् । जसमा दुवै खेलमा इङ्ल्याण्ड विजयी छ ।