काठमाडौं । एकदिवसीय विश्वकपमा भारतविरुद्धको खेलमा पाकिस्तान १ सय ९१ रनमा अलआउट भएको छ ।
अमदाबादमा पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ दशमलव ५ बलमा १ सय ९१ रनमा समेटियो ।
बाबर आजमले ५० रन बनाएको इनिङ्समा मोहमद रिजवानले ४९ रन बनाएका थिए । ओपनर इमाम उल हकले ३६ रन बनाउँदा अर्का ओपनर अब्दुल्लाह सफिकले २० रन बनाएका थिए ।
अर्का खेलाडी हसन अलीले १२ रन जोडे । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
भारतका जसप्रीत बुम्राहा, मोहमद सिराज, हार्दिक पाण्डेया, कुलदीप यादव र रबिन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए ।
विश्वकपको लिग चरणमा दुवै टिम भिडेका हुन् ।