काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार तेस्रो खेलमा जित निकालेको छ ।
शुक्रबार चेन्नेईमा न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो ।
बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले ४२ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
डेरिन मिशेलले अविजित ८९ रन बनाएको इनिङ्समा कप्तान केन विलियम्सले ७८ रनमा रिटायड हर्ट लिएका थिए । डेवोन कानवे ४५ रन बनाएको खेलमा रचिन रबिन्द्र ९ रनमा पोविलियन फर्किएका थिए । ग्लेन फिलिप्स १६ रनमा नटआउट रहेका थिए ।
बंगलादेशका मुस्तफिजुर रहमान र सकिब अल हसनले समान एक विकेट लिएका थिए ।
सुरुआती ब्याटिङ गरेको बंगलादेशले ९ विकेटको क्षतीमा २ सय ४५ रन बनाएको थियो । मुस्ताफजुर रहमानले ६६ रन बनाएको इनिङ्समा सकिब अल हसनले ४० रन बनाएका थिए । महमुदुल्लाहले अविजित ४१ रन बनाएको इनिङ्समा मेहदी हसन मेराजले ३० रनको योगदान गरे । अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।
न्युजिल्याण्डका लाकी फग्र्युसनले ३ तथा ट्रेन्ट बोल्ट र मेट हेनरीले समान २ विकेट चट्काए । ग्लेन फिलिप्स र मिचेल सेन्टनरले समान एक एक विकेट हात पारे ।
न्युजिल्याण्डले ३ खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । बंगलादेशले ३ खेलमा मात्र एक खेलमा जित हात पारेको छ ।