काठमाडौं । कप्तान रोहित शर्माले शतकीय इनिङ्स खेलेपछि भारतले आईसीसी एकदिवसीय विश्वकपमा सजिलो जित हात पारेको छ ।
बुधबार भारतले दिल्लीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले हराएको हो ।
अफगानिस्तानले प्रस्तुत गरेको २ सय ७२ रनको सामान्य लक्ष्य भारतले ३५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
कप्तान रोहित शर्माले १ सय ३१ रनको शतकीय इनिङ्स खेलेपछि भारतको जित सहज बनेको हो ।
विराट कोहलीले पनि अविजित ५५ रनको योगदान गरे । इशान किशनले ४७ रन बनाए । श्रेयश एयर २५ रनमा नकआउट रहे । अफगानिस्तानका रसिद खानले २ विकेट लिए ।
सुरुआत ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेटको क्षतीमा २ सय ७२ रन बनाएको थियो ।
कप्तान हशमतुल्लाह साहिदीले ८० रन बनाएको इनिङ्समा अजमतुल्लाह अमरजईले ६२ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले खासै राम्रो प्रर्दशन गर्न सकेनन् ।
भारतका जसप्रीत बुम्राहाले सर्वाधिक ४ विकेट चट्काए । हार्दिक पाण्डेयाले २ तथा कुलदीप यादव र सार्दुल ठाकुरले समान एक एक विकेट लिए ।
भारतले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । अफगानिस्तान सुरुआती दुवै खेलमा पराजित हुँदै प्रतियोगिताको पुछारमा छ ।