काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा क्रिकेटमा भारतले बुधबार अफगानिस्तानसंग खेल्दैछ । दिल्लीमा हुने खेल दिउँसो सवाँ २ बजे सुरु हुनेछ ।
सुभमन गिल बिनै मैदान उत्रने भारत प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा हुनेछ । धर्मशालामा पहिलो खेल बंगलादेशसँग हारेको अफगानिस्तानलाई पहिलो जितका लागि कोशिश गर्नेछ ।
रोहित शर्मा नेतृत्वले भारतले अष्ट्रेलियामाथि ६ विकेटको शानदार जित सहित प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
सोही नतिजाको हार भने अफगानिस्तानले बंगलादेशसँग ब्यहोरेको थियो ।
भारतीय भुमिमा पहिलो पटक अफगानिस्तानले पहिलो एकदिवसीय म्याच खेल्न लागेको हो । भारत र अफगानिस्तानले अहिलेसम्म तीन पटक वान डे क्रिकेटमा मैदान उत्रिएका छन् । जसमा भारतले दुई खेलमा जित दर्ता गरेको छ भने अर्को एक खेल बराबरीमा सकिएको छ ।
दिल्लीको अरुण जेटली स्टेडियममा धेरै रन बन्ने अनुमान गरिएको छ । छोटो ब्यान्ड्रिका कारण धेरै रनको आँकडा बन्ने अपेक्षा गरिएको छ । ब्याटरलाई फाइदा पुग्ने पिच र बाउन्ड्रिका कारण हाइ स्कोरिङ म्याच बन्ने अनुमान राखिएको छ ।