ब्लूबर्डलाई एपेक्स आईसीसी कप क्रिकेटको उपाधि

काठमाडौं । ब्लूबर्ड कलेजले एपेक्स आईसीसी कप क्रिकेटको उपाधि मंगलबार जितेको छ ।
फोनेक्स कलेजलाई हराउँदै ६ विकेटले हराउँदै ब्लूबर्डले एपेक्स आईसीसी कप क्रिकेटको उपाधि उचालेको हो ।
फोनेक्सले दिएको ६३ रनको सामान्य लक्ष्य ब्लूबर्डले मात्र ४ विकेटको क्षतीमा पुरा गर्यो । ब्लूबर्डका पर्वत हङकिमले ३१ रन बनाएको इनिङ्समा सचिन लेखकले ६ र निर्भिक पाठकले ५ रन बनाए ।
फोनेक्सका समिर विष्टले २ तथा क्रिस ऐर र राजकुमार शाहले समान १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको फोनेक्सले १८ ओभर ३ बलमा अलआउट हुँदै ६२ रन बनाएको थियो ।
सुशान्त सिह थापाले १८ रन बनाएको इनिङ्समा रबिन्द्र भुसालले १२ र राजकुमार शाहले ११ रन बनाएका थिए ।
ब्लूबर्डका विपित आचार्यले ४ तथा अभिनाष बस्याले २ र सुभाष खत्रीले एक विकेट लिएका थिए ।
हब इन्टरनेश्नल मुख्य प्रायोजक रहेको प्रतियोगितामा सेन्ट जेभियर्सका रुपेश बस्याल वेस्ट ब्याटर, फोनेक्स कलेजका क्रिश ऐर वेस्ट बलर र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए ।















