विश्वकप क्रिकेटमा पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा आज मंगलबार पाकिस्तान र श्रीलंका भिड्दैछन् । हैदरावादमा हुने खेलमा पाकिस्तानले श्रीलंका आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।
पाकिस्तान र श्रीलंकाबीचको खेल विश्वकपको हेभिवेट भिडन्तको रुपमा रहेको छ ।
भर्खरै सकिएको एसिया कप क्रिकेटमा भने श्रीलंकाले उपाधिको दाबेदार मानिएको पाकिस्तानलाई हराएको थियो ।
पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराउँदै प्रतियोगितामा विजयी सूरुआत गरेको थियो भने साउथ अफ्रिकाले केही कीर्तिमान बनाएको खेलमा श्रीलंकाले पराजय ब्यहोरेको थियो ।
पाकिस्तानविरुद्ध उत्रदै गर्दा श्रीलंका प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । दुवै टिम नियमित रुपमा खेलिरहने प्रतिद्धन्दी हुन् । पाकिस्तानले ओपनिङ ब्याटिङमा केही सुधार गर्नुपर्ने देखिन्छ ।
दुवै टिम एकदिवसीय खेलमा १ सय ५६ पटक भिडेका छन् । जसमा पाकिस्तानले ९२ र श्रीलंकाले ५९ पटक खेल जितेका छन् ।
मंगलबार दिनको पहिलो खेलमा धर्मशालामा बंगलादेश र इङ्ल्याण्ड भिड्नेछन् ।















