काठमाडौं । नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टिम आज मंगलबार मलेसिया जाने भएको छ ।
एसीसी प्रिमियर कपमा सहभागीता जनाउन नेपाली टिम मंगलबार मध्यान्न मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नेपाली टिम मध्यान्न १२ बजेर ४० मिनेटमा मलेसियाका लागि उड्नेछ । बिहान साढे १० को उडान भएपनि समय मध्यान्न १२ बजेर ४० मिनेटको नयाँ तालिका आएको हो ।
नेपालले एसिया कपमा छनोट हुने लक्ष्य राखेको छ । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिमले यू–१९ एसिया कपमा छनोट हुनेछन् । नेपाल रहेको समूह एमा बहराईन, साउदी अरब र इरानसँग खेल्नेछ ।
क्यानले देव खनालको नेतृत्वमा रहेको नेपाली टिममा आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दिपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्री, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुभास भण्डारी, बिशाल केसी र मिलान बोहरा छन् ।
मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् ।