बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. गण्डकी प्रदेश खेलकुद : खेलाडी कल्याण कोष स्थापना गर्ने

गण्डकी प्रदेश खेलकुद : खेलाडी कल्याण कोष स्थापना गर्ने

२०२३ अक्टोबर ९, सोमबारखेलपाटी संवाददाता

गण्डकी प्रदेश खेलकुद : खेलाडी कल्याण कोष स्थापना गर्ने

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठक सोमबार परिषद्को कार्यालयमा सम्पन्न भएको छ ।

परिषदको बोर्ड बैठकले खेलकुदको संस्थागत विकासमा जोड दिदै विभिन्न निर्णय गरेको छ । 

परिषदकी अध्यक्ष एवं सामाजिक विकास तथा स्थास्थ्य मन्त्री शुसिला सिंम्खडाको अध्यक्षतामा भएको बैठकमा दुई वटा कार्यविधिसंगै खेल संघ दर्ता, नविकरण तथा संचालन सम्वन्धि मापदण्ड २०८० पारित भएकाे छ ।

बैठकले पारित गरेका दुई वटा महत्वपूर्ण कार्यविधिमा गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा संचालन कार्यविधि २०८० , खेलाडी कल्याण कोषको स्थापना र संचालन सम्वन्धि कार्यविधि २०८० र खेल संघ दर्ता, नविकरण तथा संचालन सम्वन्धि मापदण्ड २०८० रहेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । उनले कार्यविधि स्विकृतीका लागि मन्त्रालयमा पठाउने निर्णय समेत गरेको बताए ।

सदस्य सचिव शर्माले प्रदेश खेलकुदको संस्थागत विकासका लागि कार्यविधि र मापदण्ड महत्वपूर्ण कडिको रुपमा रहने जनाउँदै भने – 'परिषद स्थापनाको छोटो अवधिमा प्रदेशको खेलकुदको जगलाई बलियो बनाउन योजनावद्ध रुपमा कार्य गरेका छौं । अब मन्त्रालयको स्विकृतीपछि लागु हुने दुई कार्यविधि र मापदण्डले खेलकुदलाई अझै प्रखर रुपमा अघि बढ्न हामीलाई सहज वातावरण तयार हुनेछ ।'

बैठकले आर्थिक वर्ष २०८०, ०८१ को वार्षिक विकास बजेटका विषयमा समेत निर्णय गरेको छ ।

बैठकमा आफ्ना धारणा राख्दै मन्त्री सिंम्खडाले परिषदका सदस्यहरुलाई प्रदेशको खेलकुद विकासका लागि आ–आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्दै मन्त्रालयकोतर्फबाट पूर्ण सहयोग रहने बताइन् । 

खेलकुद विकासमा रहेका कुनै पनि समस्याहरु फुकाउन आफू तयार रहेको बताउँदै मन्त्री सिंम्खडाले विभिन्न समस्याका कारण खेल क्षेत्रबाट टाढिएका र समस्यामा रहेकाहरुलाई समेत समेटेर अघि बढ्न सके खेलकुद अझै प्रभावकारी हुने उल्लेख गरिन् ।

बैठकमा मन्त्रलयका सचिव बद्रिनाथ अधिकारीले खेलकुदलाई अनुशासित र मर्यादित बनाउन अझै योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताए । 
प्रदेशका ११ वटै जिल्लाहरुमा सम्भावित खेलहरुको विकास गर्नु पर्ने उल्लेख गर्दै उनले खेलकुदमा लगानी बढाउने विषयमा प्रमुखताका साथ आवाज समेत उठाउनु पर्नेमा जोड दिए । 

खेलकुद विकासका लागि सान्दर्भिक र उपयूक्त विषयहरुमा मन्त्रालयको सदैव र साथ र सहयोग रहने उनको भनाई थियो । 
 

#गण्डकी प्रदेश खेलकुद
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना