बिहिबार, २१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

गण्डकी प्रदेश खेलकुद : खेलाडी कल्याण कोष स्थापना गर्ने

सोमबार, २२ आश्विन २०८०खेलपाटी संवाददाता
गण्डकी प्रदेश खेलकुद : खेलाडी कल्याण कोष स्थापना गर्ने
Loading ad...
mustang rice ad

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठक सोमबार परिषद्को कार्यालयमा सम्पन्न भएको छ ।

परिषदको बोर्ड बैठकले खेलकुदको संस्थागत विकासमा जोड दिदै विभिन्न निर्णय गरेको छ । 

परिषदकी अध्यक्ष एवं सामाजिक विकास तथा स्थास्थ्य मन्त्री शुसिला सिंम्खडाको अध्यक्षतामा भएको बैठकमा दुई वटा कार्यविधिसंगै खेल संघ दर्ता, नविकरण तथा संचालन सम्वन्धि मापदण्ड २०८० पारित भएकाे छ ।

बैठकले पारित गरेका दुई वटा महत्वपूर्ण कार्यविधिमा गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा संचालन कार्यविधि २०८० , खेलाडी कल्याण कोषको स्थापना र संचालन सम्वन्धि कार्यविधि २०८० र खेल संघ दर्ता, नविकरण तथा संचालन सम्वन्धि मापदण्ड २०८० रहेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । उनले कार्यविधि स्विकृतीका लागि मन्त्रालयमा पठाउने निर्णय समेत गरेको बताए ।

सदस्य सचिव शर्माले प्रदेश खेलकुदको संस्थागत विकासका लागि कार्यविधि र मापदण्ड महत्वपूर्ण कडिको रुपमा रहने जनाउँदै भने – 'परिषद स्थापनाको छोटो अवधिमा प्रदेशको खेलकुदको जगलाई बलियो बनाउन योजनावद्ध रुपमा कार्य गरेका छौं । अब मन्त्रालयको स्विकृतीपछि लागु हुने दुई कार्यविधि र मापदण्डले खेलकुदलाई अझै प्रखर रुपमा अघि बढ्न हामीलाई सहज वातावरण तयार हुनेछ ।'

बैठकले आर्थिक वर्ष २०८०, ०८१ को वार्षिक विकास बजेटका विषयमा समेत निर्णय गरेको छ ।

बैठकमा आफ्ना धारणा राख्दै मन्त्री सिंम्खडाले परिषदका सदस्यहरुलाई प्रदेशको खेलकुद विकासका लागि आ–आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्दै मन्त्रालयकोतर्फबाट पूर्ण सहयोग रहने बताइन् । 

खेलकुद विकासमा रहेका कुनै पनि समस्याहरु फुकाउन आफू तयार रहेको बताउँदै मन्त्री सिंम्खडाले विभिन्न समस्याका कारण खेल क्षेत्रबाट टाढिएका र समस्यामा रहेकाहरुलाई समेत समेटेर अघि बढ्न सके खेलकुद अझै प्रभावकारी हुने उल्लेख गरिन् ।

बैठकमा मन्त्रलयका सचिव बद्रिनाथ अधिकारीले खेलकुदलाई अनुशासित र मर्यादित बनाउन अझै योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताए । 
प्रदेशका ११ वटै जिल्लाहरुमा सम्भावित खेलहरुको विकास गर्नु पर्ने उल्लेख गर्दै उनले खेलकुदमा लगानी बढाउने विषयमा प्रमुखताका साथ आवाज समेत उठाउनु पर्नेमा जोड दिए । 

खेलकुद विकासका लागि सान्दर्भिक र उपयूक्त विषयहरुमा मन्त्रालयको सदैव र साथ र सहयोग रहने उनको भनाई थियो । 
 

Loading ad...
LiNing Ad
#गण्डकी प्रदेश खेलकुद

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित