काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगको तेस्रो खेलमा पनि विकेट लिन सफल भएका छन् । मेलबर्न स्टार्समा रहेका सन्दीपले तेस्रो खेलमा २ विकेट लिन सफल भएका छन् ।
सिड्नी सिक्सर्सविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर २ विकेट लिए । ब्याट फ्लिप हारेर ब्याटिङ गरिरहेको घरेलु टोलीका मोइसेस हेनरिक्स र टम कुरनलाई सन्दीपले पेभेलियन फर्काए ।
पहिलो ओभरमा ४ रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ४ रन खर्चेर १ विकेट लिए । उनले हेनरिक्सलाई ९ रनमा एलबिडब्लु आउट गरे ।
सन्दीपले तेस्रो ओभरमा कुरनलाई २ रनमा एलबिडब्लु आउट गरे । यस ओभरमा सन्दीपले ३ रन खर्चिए ।
चौथो ओभरमा भने सन्दीपले ९ रन खर्चेर विकेट लिन सकेनन् ।
सन्दीपले बिग बासको तीन खेलमा सात विकेट लिईसकेका छन् । सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए । यस्तै दोस्रो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिएका थिए ।