एएफसि च्याम्पियन्स लिग : अल नासरको सुखद सुरुआत
बुधबार, असोज ३, २०८०खेलपाटी संवाददाता

काठमाडौं । एएफसि च्याम्पियन्स लिगमा साउदी क्लब अल नासरले पहिलो खेलमा जितका साथ सुखद सुरुआत गरेको छ ।
मंगलबार राती सम्पन्न खेलमा नासरले ईरानी क्लब प्रिसिपोलिसलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
प्रिसिपोलिसको घरेलु मैदानमा भएको खेलमा नासरको जितमा मोहम्मद कासिमले १ गोल गर्दा डानियलले १ आत्मघाती गोल गरे ।
६२ औं मिनेटमा डानियलको आत्मघाती गोलमा अग्रता लिएको नासरका लागि कासिमले ७२ औं मिनेटमा दोस्रो गोल गरे ।
५२ औं मिनेटमा प्रिसिपोलिसका मिलाड सर्लाक रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
जितसँगै अल नासर समूह ई को शीर्ष स्थानमा छ । पराजित प्रिसिपोलिस चौथो स्थानमा छ ।







-1761446241647.webp&w=3840&q=75)


-1761410041277.webp&w=3840&q=75)


