आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

एम्बासडर तेक्वान्दोमा शुभाङ्गीलाई स्वर्ण

शुक्रबार, २९ भाद्र २०८०खेलपाटी संवाददाता
एम्बासडर तेक्वान्दोमा शुभाङ्गीलाई स्वर्ण
Classic Tech Internet Ad

काठमाडौं । नेपाल प्रहरीकी शुभाङ्गी श्रेष्ठले ११ औं कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन् । 

नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा शुक्रबार भएको प्रतियोगिताको जुनियर महिला ५९ केजीमुनि फाइनलमा शुभाङ्गीले राजदेवी तेक्वान्दोकी प्रज्ञा परियारलाई पराजित गरिन् ।

सिनियर महिला ५४ केजीमुनि प्रहरीकी सीता तामाङ, जुनियर महिला ४४ केजीमुनि लैनचौर तेक्वान्दोकी लेग्डेन साङमो तामाङ तथा महिल र जुनियर महिला ६३ केजीमुनि ममता रिजालले पहिलो स्थान हात पारे । जुनियर पुरुष ४५ केजीमुनि सुप्रिम वजगाईं शीर्ष स्थानमा रहे ।

सिनियर व्यक्तिगत महिला पुम्सेमा प्रहरीकी सीता तामाङ, जुनियर पुरुष टिम पुम्सेमा नुवाकोटका अपिल लामा, साजन तामाङ र केशव बराम, जुनियर महिला टिम पुम्से सैनिक, विजेश्वरीका एन्जिला मोक्तान, लक्ष्मी सुनाखरी मगर र निकिता राउत, जुनियर महिला पेयर पुम्सेमा हात्तिवन तेक्वान्दोकी रोस्लिन ओझा र युकेन चौगुठी, सिनियर पेयर पुम्से ३० वर्षमाथि प्रहरीका सीता तामाङ र प्रेमकुमार दर्नाल, सिनियर पुरुष व्यक्तिगत पुम्से ३० वर्षमाथि नेपाल आर्मीका सन्जिवकुमार ओझा तथा १८–३० वर्ष सिनियर पुरुष व्यक्तिगत पुम्सेमा प्रहरीका जितबहादुर बोटले स्वर्ण जिते ।

सिनियर महिला व्यक्तिगत पुम्सेको १८–३० वर्षमा आर्मीकी प्रशंसा क्षेत्री, सिनियर पुरुष टिम पुम्सेको ३० वर्षमाथि आर्मीका सन्जिवकुमार ओझा, रेजिन रिमाल र रामकुमार पोखरेल, सिनियर पेयर पुम्सेको १८–३० वर्षमा प्रहरीका निशा दर्नाल र अस्मिन राउत, सिनियर पुरुष टिम पुम्सेको १८–३० वर्षमा प्रहरीका जितबहादुर बोट, अञ्जन चौधरी र अस्मिन राउत तथा सिनियर महिला टिम पुम्सेको १८–३० वर्षमा प्रहरीका निशा दर्नाल, सविना घले र सुशिला राईले स्वर्ण चुमे ।

Bajaj Pulsar Motorcycle Ad
#एम्बासडर तेक्वान्दो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

नेपालगन्ज ११ सी छनोटको च्याम्पियन

नेपालगन्ज ११ सी छनोटको च्याम्पियन

एपीएफले इस्ट बंगालसँग फाइनल खेल्ने

एपीएफले इस्ट बंगालसँग फाइनल खेल्ने

सन्दीपले बीपीएल खेल्ने

सन्दीपले बीपीएल खेल्ने

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग