बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रधानमन्त्रीको हातबाट एसियाड टोलीको बिदाई

बिहिबार, २८ भाद्र २०८०खेलपाटी संवाददाता
प्रधानमन्त्रीको हातबाट एसियाड टोलीको बिदाई
Loading ad...
mustang rice ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले टोलीलाई बिदाइ गरेका हुन् । केहि खेलका खेलाडी वैदेशिक प्रशिक्षण र उपत्यका बाहिर प्रशिक्षणमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् ।

आगामी सेप्टेम्बर २३ देखि चीनको हानझावमा हुने १९औं एसियाडमा कुल २९ खेलमा नेपालका दुई सय ५३ खेलाडी सहभागी हुँदैछन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एसियाड गेमका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन आग्रह गर्दै नेपालले राम्रो गर्ने विश्वास व्यक्त गरे । उनले आफू पनि एसियाडको उद्घाटन सत्रमा सहभागी हुने जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङले तीन चरणको छनोट प्रतियोगिताबाट स्वदेश र विदेशमा प्रशिक्षण गरी तयारी गरेका नेपाली खेलाडीले १९ औं एसियाडमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

सदस्यसचिव घिसिङले नेपाली खेलाडीहरुको तयारी राम्रो रहेको उल्लेख गर्दै नतिजा पनि सुखद हुने विश्वास व्यक्त गरेका हुन् । एसियाडकै तयारीका क्रममा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पनि पाएको र चरणबद्ध प्रशिक्षणको तयारी पनि राम्रो भएकाले सुखद नतिजा आउने सदस्य सचिव घिसिङले बताएका छन् ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुुर लिम्बुले सिंगो नेपाली जनता खेलाडीहरुको साथमा रहने उल्लेख गर्दै उच्च मनोबलका साथ प्रदर्शन गर्न प्रोत्साहन गरे ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न जाँदा नेपाली खेलाडी विमानस्थलमा घन्टौंसम्म लाइनमा बस्नुपर्ने दुखद अवस्था सिर्जना हुँदै आएकाले आगामी दिन उनीहरुका लागि रातो पासपोर्ट बनाउने प्रस्ताव आफूले अगाडि बढाउने मन्त्री लिम्बुले बताए।

हाङझाव एसियाडमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलमा चार ८१ विधामा चुनौती प्रस्तुत गर्दैछन् । नेपालका तर्पmबाट एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । 

नेपाली टोलीको सेफ दी मिसनमा सदस्यसचिव घिसिङ तथा डेपुटी सेफ दी मिसनमा राखेप बोर्ड सदस्य अन्जन धमला र ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज वैद्य छन् ।

Loading ad...
LiNing Ad
#एसियाड टोली

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश