शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

बोगटी र सुबेदीलाई खेल पत्रकारिता पुरस्कार 

बुधबार, २७ भाद्र २०८०खेलपाटी संवाददाता
बोगटी र सुबेदीलाई खेल पत्रकारिता पुरस्कार 
mustang rice ad

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिताबाट रमेश सुबेदीलाई सम्मान गरेको छ ।

मञ्चको २८औं स्थापना दिवसको अवसरमा बुधबार नक्सालस्थित होटल क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गर्दै अग्रज खेलपत्रकार बोगटी र युवा खेलपत्रकार सुबेदीलाई सम्मानित गरिएको हो ।

मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेलपत्रकारलाई सम्मान गर्दै आएको छ ।

सोहीअनुरूप मञ्चले स्थापना दिवसको अवसरमा बुधबार मञ्चका संस्थापक कोषाध्यक्षसमेत रहेका बोगटीलाई नगद २५ हजार र युवा पत्रकार सुबेदीलाई एउटा ल्यापटप, पुष्पगुच्छा र दोसल्ला ओडाएर सम्मान गरेको हो । 

उनीहरूलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघ(एन्फा) का महासचिव किरण राई र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीलगायतले सम्मान गरेका थिए ।

अवार्डबाट सम्मानित बोगटीले अग्रजको योगदान स्मरण गर्दै मञ्चले गरेको सम्मानप्रति आभार प्रकट गरे । साथै उनले आजभन्दा २८ वर्ष अगाडि आफू १९ वर्षको उमेर हुँदा खेलकुद पत्रकार मञ्चको स्थापना गरिएको स्मरण गर्दै अहिले मञ्चको वृद्धि विकासप्रति पनि खुसी व्यक्त गरे ।    

सुमन बम्जन युवा पत्रकारिता अवार्डबाट सम्मानित सुबेदीले फुटबलको समर्थकका रूपमा खेलकुदमा प्रवेश गर्दै मञ्चकै प्रोत्साहनबाट खेल पत्रकारिता सुरु गरेको उल्लेख गर्दै यो अवार्ड लिन योग्य बनाएको मञ्च परिवारलाई धन्यवाद दिए । अहिलेसम्म एनएसजेएफ पत्रकारिता अवार्डबाट १० जना र सुमन बम्जन युवा पत्रकारिताबाट पाँच जना सम्मानित भइसकेका छन् ।

सो अवसरमा एन्फाका महासचिव किरण राईले खेलकुदप्रतिको लगावका कारण खेलकुद पत्रकारिता कलम चलाउँदै आएका खेलकुद पत्रकार पनि नेपाली खेलकुदकर्मी नै रहेको उल्लेख गर्दै नेपाली खेलकुद विकास खेलकुद पत्रकारको भूमिका पनि महत्वपूर्ण हुने धारणा राखे । 

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अनुज र अग्रजलाई मञ्चले गर्दै आएको सम्मान राम्रो संस्कारको विकास सुरु गरेको धारणा राखे । साथै उनले यो सम्मानले पुस्तान्तरण काम पनि गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलाडी र प्रशिक्षकका लागि नै मञ्चले निकै लोकप्रिय अवार्ड आयोजना गर्दै आएको स्मरण गर्दै पत्रकारिता सम्मानले पनि खेलकुद विकासमा पत्रकारलाई प्रोत्साहित गर्ने बताए । सम्मानित पत्रकारलाई बधाई दिँदै आगामी पत्रकारिताको यात्रा सशक्त बनाउन शुभकामना व्यक्त गरेका थिए । 

मञ्चले आफ्नो स्थापना दिवसका अवसरमा मंगलबार आन्तरिक फुटसल प्रतियोगिता पनि आयोजना गरेको थियो । सो प्रतियोगिताको विजेता र उपविजेतालाई राखेप सदस्यसचिव घिसिङले ट्रफी प्रदान गरेका थिए ।     
 

LiNing Ad
#बोगटी र सुबेदी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस