काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विशेष साधारण स्थगित गरिएको जनाएको छ ।
अध्यक्ष पंकजबिक्रम नेम्वाङ सहित महासचिव किरण राईलाई बर्खास्तीको माग सहित ४९ एन्फा सदस्यले निवेदन दर्ता गरेपछि विशेष साधारण सभा स्थगितको सुचना जारी गरिएको छ ।
प्रवक्ता सुरेश शाहले एन्फा सदस्य संस्थाहरुको विशेष सल्लाह अनुसार अध्यक्षबाट सभा स्थगित गरिएको भन्दै बिज्ञप्ति जारी गरेका छन् ।
आईतबार बैठक कोरम नपुगेको भन्दै स्थगित गरिएको थियो । सोमबार विधान अनुसार बहुमत आवश्यक नपर्ने बैठकबाट लेखा परिक्षक नियुक्तिको निर्णय अनुमोदन गर्ने तयारी थियो ।
तर ४९ सदस्यले नेतृत्व बर्खास्तीको माग सहित निवेदन दर्ता गराएपछि विशेष साधारण सभा स्थगित गरिएको जनाईएको छ ।
यसअघि अधिकांश क्लब र जिल्लाले विशेष साधारण सभा रोक्न माग गर्दै एन्फामा निवेदन दर्ता गराएपनि नेतृत्वले बेवास्ता गरेको थियो ।
