एन्फा महासचिवको कार्यकक्षमा सदस्य चन्दले लगाए ताला
सोमबार, भदौ १८, २०८०खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रोविन चन्दले एन्फा महासचिव किरण राईको कार्य कक्षमा तालबन्दी गरिदिएका छन्।
महासचिव राई कार्यकक्षमा भन्दा पनि बाहिर धेरै रहने, एन्फाको कार्यका धेरै ध्यान नराख्ने भएकाले ताला बन्दी गरेको चन्दले बताएका छन् ।
महासचिव एन्फाको कर्मचारी भएता पनि कार्यकक्षमा धेरै उपस्थित नहुने चन्दको आरोप छ । राई विगत पाँच दिनयता उदयपुरस्थित आफ्नो घरमा छन् । त्यसअघि उनी महिला विश्वकप फुटबलका लागि अष्ट्रेलिया गएका थिए ।
तालाबन्दी गर्दा उपाध्यक्ष वीर बहादुर खड्का, सह महासचिव अरुण मान जोसी, सदस्य पुरुषोत्तम थापा, रुपेश अधिकारी, विकाश नारायण श्रेष्ठहरुले पनि साथ दिएको एन्फाका एक पदाधिकारीले जानकारी दिए ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

