काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य रुपेश अधिकारीले एजेण्डा थपको माग गर्दै निवेदन दर्ता गराएका छन् ।
एन्फाको आसन्न केन्द्रिय कार्यसमित बैठकमा ५ वटा एजेण्डा थप गर्न माग गर्दै अधिकारीले निवेदन दर्ता गराएका छन् ।
एन्फाले साउन १९ गते शुक्रबार केन्द्रिय कार्यसमितको बैठक आह्वान गरेको छ । बैठकमा कर्मचारीको सेवा सुविधा वृद्धि गर्ने लगायतको एजेण्डालाई राखिएको छ ।
सदस्य अधिकारीले खेलाडी र फुटबल गतिविधिको एजेण्डा बैठकमा नराखिएको भन्दै थप एजेण्डा थप्न माग गरेका हुन् । कार्यसमिति सदस्य अधिकारीले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको पुरानो बाँकी पुरस्कार रकम चुक्ता गर्ने एजेण्डा बैठकमा छलफलका लागि समेटिनुपर्ने माग गरेका छन् ।
यस्तै, २०७९ साल साउन १७ गतेको बिबादीत अबैधानिक कार्यसमिति बैठकको निर्णयबारे छलफल गर्नुका साथै आन्तरिक अडिट रिपोर्ट, कतार विश्वकपको टिकट र एन्फाको २०२३ को बजेटबारे छलफल गर्न अधिकारीले माग गरेका छन् ।
एन्फाको आसन्न बैठकमा महासचिवको राजीनामादेखि साधारण सभा बैठकको एजेण्डालाई समेत उठाउने संस्थापन इतर समुहको तयारी छ ।
हेर्नुस, एन्फा कार्यसमिति बैठकको एजेण्डा :
![](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/359562655_293577633163319_3717268143046531624_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=Lw6_7a0E0BYAX_YlLZd&_nc_ht=scontent.fktm3-1.fna&oh=03_AdS_VUbG4yxJeQlh_UHzckL2itvEVbS2CvyyEh6YXOK_cw&oe=64EEBFA7)