काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडामा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्सको तेस्रो खेल बुधबार बिहान रहेको छ ।
तेस्रो खेलमा टाईगर्सले भैंकूवर नाइट्ससँग बुधबार नेपाली समय अनुसार बिहान सवा १ मा खेल्नेछ ।
अपराजित टाईगर्स तेस्रो जित निकाल्न चाहन्छ ।
पहिलो खेलमा सरे जगुआर्स र दोस्रो खेलमा मिसिसागा प्यानथर्सलाई पराजित गरेको थियो ।
नाईट्स भने तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेका ऐरीले दोस्रो खेलमा मौका पाएका थिएनन् ।
दीपेन्द्र आबद्ध टाईगर्समा कार्लोस ब्रेथवेट, क्रिस लिन, सकिब अल हसन लगायतका खेलाडी रहेका छन् ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।