काठमाडौं । भारतीय क्रिकेट टिमले वेस्ट इन्डिजविरुद्ध लगातार नवौं टेष्ट सिरिज जितेको छ । वेस्ट इन्डिजविरुद्ध पछिल्लो पटक भारतले सन् २००२ मा हारेको थियो । घरेलु मैदानमा वेस्ट इन्डिजले भारतलाई २–१ ले हराएको थियो ।
भारत र वेस्ट इन्डिजको दोस्रो टेष्ट म्याचमा वर्षा बाधक बन्यो । पोट अफ स्पेनको क्विन्स पार्क ओभलमा भएको टेष्ट म्याचको पाँचौ दिन खेल वर्षका लागि पुरै प्रभावित बन्यो । एक बलपनि हुन पाएन । सोही कारण भारत जित नजिक रहेको टेष्ट बराबरीमा सकिएको थियो ।
अन्तत भारतले दुई म्याचको टेष्ट सिरिज १–० ले जित्न सफल रह्यो । भारतले पहिलो टेष्ट एक इनिङ्स र १ सय ४१ रनले आफ्नो पक्षमा पारेको थियो । भारत र वेस्ट इन्डिजले अब तीन म्याचको वान डे सिरिज खेल्नेछन् ।
भारतले दोस्रो टेष्टमा वेस्ट इन्डिजलाई ३ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । आईतबारको खेल समाप्त हुदाँ वेस्ट इन्डिजले दुई विकेटमा ७६ रन बनाएको थियो । पाँचौ दिन र अन्तिम दिन उसलाई २ सय ८९ रनको आवश्यकता थियो । भारतलाई भने ८ विकेट चाहिएको थियो । तर खेल हुन भने सकेन । यसरी भारत १–० ले विजयी बन्यो र वेस्ट इन्डिज क्लिन स्विप हुनबाट जोगियो ।
भारतले पहिलो इनिङ्समा ४ सय ३८ रन बनाएको थियो । भने जवाफमा वेस्ट इन्डिज २ सय ५५ रनमा समेटिएको थियो । यसरी भारतलाई १ सय १८ रन बढी प्राप्त भएको थियो । दोस्रो इनिङ्समा भारतले दुई विकेटमा १ सय ८१ रन बनाएर इनिङ्स घोषणा गरेको थियो । जसमा वेस्ट इन्डिजले ३ सय ६५ रनको लक्ष्य प्राप्त गरेको थियो ।