काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सको दोस्रो खेल बर्षाका कारण रद्द भएको छ ।
सर्रेले ग्लोबल टी-ट्वान्टी क्यानडामा ब्रैम्प्टन वुल्भ्ससँगको खेलमा निरन्तरको बर्षाका कारण अंक बाडेको हो ।
जगुआर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको थियो ।
तर, ब्रैम्प्टन ७ दशमलब २ ओभरमा ३ विकेट गुमाएर ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
त्यसपछि बर्षा नरोकिए पछि दुवै टोलीले अंक बाडेका हुन् ।
सन्दीपले आफ्नो पहिलो ओभरको दोस्रो बल गरेसँगै बर्षा सुरु भएको थियो । सुरुआती दुई बलमा लामिछानेले तीन रन खर्चेका थिए ।
अंक बाडेसँगै सर्रेको दुई खेलबाट एक अंक भएको छ । ६ टोली सहभागी लिगमा सर्रे पाँचौ स्थानमा रहेको छ ।
ब्रैप्टन भने तेस्रो खेलमा ५ अंकका साथ शीर्ष स्थानमा कायमै रहेको छ ।