एजेन्सी । वेस्ट इन्डिजलाई भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा हार टार्न अझै गाह्रो स्थिति रहेको छ । आइतबार चौथो दिनको समाप्तीमा वेस्ट इन्डिजले जितका लागि ३ सय ६५ रनको लक्ष्य पाएको छ ।
त्यसको जवाफमा उसले दुई विकेट गुमाएर ७६ रन बनाएको छ । त्यसको अर्थ उसलाइ अझै २ सय ८९ रन बनाउन आवश्यक छ र टिमका आठ विकेट बाँकी छन् ।
भारतको धारिलो बलिङ आक्रामक अगाडि यो सजिलो भने हुने छैन् । दुई नटआउट ब्याटरमध्ये तेजनारायन चन्द्रपउल २४ र जेरेमी ब्ल्याकउड २० रन बनाएर खेलिरहेका छन् ।
भारतले त्यस अगाडि दुई विकेट गुमाएर १ सय ८१ रनको स्थितिमा आफ्नो दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।